५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहदेखि उच्च शिक्षासम्म सञ्चालन हुँदै आएका ‘एण्ट्रान्स प्रिपरेशन’ कक्षा तथा ब्रिज कोर्सहरू बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न शैक्षिक संस्थाहरूले भर्ना प्रक्रिया अघि नै प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्दै आएकोमा यसले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्नुका साथै अनावश्यक आर्थिक बोझ बढाएको निष्कर्ष निकालिएको छ।

सोही आधारमा आगामी २०८३ साल वैशाख १ गतेदेखि यस्ता कार्यक्रम पूर्ण रूपमा बन्द गर्न निर्देशन दिइएको छ। यस निर्णयलाई कार्यान्वयन गर्न सम्बन्धित सबै निकाय तथा संस्थाहरूलाई मन्त्रालयले अनुरोध गरेको छ।

साथै, निर्देशन विपरीत यस्ता कक्षा सञ्चालन गरेको पाइएमा प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।