१५ भाद्र २०८३, सोमबार
,
Latest
समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेद्वारा ज्ञापनपत्र



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज एमालेले ७७ वटै जिल्लाका प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ ।

एमालेले पार्टी अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताउनुभयो ।

काठमाडौँ, ललितपुर र भक्तपुरमा एमाले जिल्ला कमिटीले आ–आफ्नो जिल्ला प्रशासन कार्यालयबाट एमाले अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । रासस