१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले दुवै नेतामाथि थप अनुसन्धान गर्न ५ दिनको म्याद थुनामा राखेर अघि बढाउन अनुमति दिएको हो । सरकारी वकिल कार्यालयले उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्न माग गरेको थियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनका घटनासम्बन्धी अनुसन्धानका सिलसिलामा उक्त प्रक्रिया अघि बढाइएको हो । सो आन्दोलनका समयमा ओली प्रधानमन्त्री रहेका थिए भने रमेश लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए ।

आन्दोलनका क्रममा भएको भनिएको दमनबारे छानबिन गर्न गठित आयोगले उनीहरूमाथि फौजदारी कारबाही अघि बढाउन सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरी हिजो शनिबार दुवै जनालाई पक्राउ गरिएको हो ।

अदालतमा उपस्थितिका क्रममा रमेश लेखक स्वयं उपस्थित भएका थिए भने केपी शर्मा ओली बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल रूपमा उपस्थित गराइएको अदालत स्रोतले जनाएको छ ।