२१ असार २०८३, आईतवार
,
Latest
सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

शासकीय सुधारका १०० कार्यसूची कार्यान्वयनमा लैजाने बारे कानूनमन्त्री छलफलमा



अ+ अ-

काठमाडौं: कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा शासकीय सुधारसँग सम्बन्धित महत्वपूर्ण १०० कार्यसूचीहरू कार्यान्वयनका विषयमा उच्चस्तरीय छलफल जारी रहेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को  १३ गतेको बैठकबाट स्वीकृत उक्त कार्यसूचीहरूलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा केन्द्रित रहेर छलफल भइरहेको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमको नेतृत्वमा भइरहेको छलफलमा मन्त्रालयका सचिव तथा वरिष्ठ अधिकारीहरूको सक्रिय सहभागिता रहेको छ। छलफलका क्रममा मन्त्रालयसँग प्रत्यक्ष रूपमा सम्बन्धित बुँदाहरूको कार्यान्वयन रणनीति, कानुनी जटिलता तथा आवश्यक सुधारका उपायहरूबारे गहन समीक्षा गरिएको छ।

त्यसैगरी, अन्य प्रचलित कानुनहरूमा गर्नुपर्ने सुधार, नीतिगत स्पष्टता र प्रशासनिक प्रक्रियालाई सरल, पारदर्शी तथा प्रभावकारी बनाउने विषयमा पनि विचार-विमर्श भइरहेको मन्त्रालय स्रोतले जनाएको छ।

 




भर्खरै