९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

बाँकेका उद्योगलाई कच्चा पदार्थको अभाव

बाँकेका उद्योगलाई कच्चा पदार्थको अभाव
फाइल फोटो
अ अ+ अ-

बाँके। बाँकेमा सञ्चालित प्लाष्टिकजन्य उद्योगहरूमा कच्चा पदार्थको अभावका कारण उत्पादन घट्दै गएको छ ।

मध्यपूर्व एसियामा तनाव चर्किँदै गएपछि उद्योगलाई चाहिने कच्चा पदार्थ अभाव भएका कारण उत्पादन घट्नुका साथै केही उद्योग बन्द हुने अवस्थासम्म पुगेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका एसोसिएट सदस्य तथा स्टार पोलिपाइप उद्योगका प्रबन्ध निर्देशक कमल कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कच्चा सामग्रीको आयात घटेपछि व्यवसायी मर्कामा परेका छन् ।

अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको ४० प्रतिशतले मूल्यवृद्धि भएको छ । नेपाली उद्योगले आयात गर्ने कच्चा पदार्थ मागअनुसार आपूर्ति हुनसकेको छैन । अहिले सबैभन्दा बढी प्लास्टिकजन्य उद्योगमा प्रयोग हुने कच्चा पदार्थ प्लास्टिक ‘दाना’को अभाव सुरु भएको छ ।

मध्यपूर्वमा उत्पन्न भएको तनावका कारण कच्चा सामग्रीको आयात ठप्प भएपछि प्लास्टिक दाना नपाउँदा प्लास्टिकजन्य र प्याकेजिङ उद्योगमा सङ्कट गहिरिएको छ । पानीका बोतल, बोतलका बिर्का, खानेपानी र भवन निर्माणमा प्रयोग हुने पाइप, मोटरसाइकलका हेलमेट कम्पनी, प्लास्टिकका कुर्ची, प्याकेजिङका प्लास्टिक, कार्टुनलगायतका सामग्री उत्पादनमा असर देखिएको उद्योगी कार्कीको भनाइ छ ।

“कच्चा पदार्थ नआउँदा हाम्रो उत्पादन नै घटिरहेको छ”, उहाँले भन्नुभयो । कच्चा सामग्रीको आयात रोकिएसँगै उत्पादन पनि घटेको उद्योगी कार्कीले बताउनुभयो । उत्पादन घटेसँगै उद्योग सञ्चालनमा समेत समस्या देखिएको छ । पेट्रो केमिकलसँग सम्बन्धित कच्चा पदार्थ तेस्रो मुलुकबाट भारत हुँदै नेपाल भित्रिने गर्छ । तर, अहिले भारतले आफ्नै बजारमा अभाव हुन नदिन निर्यातमा कडाइ गरेपछि यहाँका उद्योगहरू सङ्कटमा परेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले बताउनुभयो ।

उहाँका अनुसार पेट्रोकेमिकलसँग सम्बन्धित कच्चा पदार्थ अभावले अहिले प्लास्टिकजन्य उत्पादनमात्र नभई, दैनिक उपभोग्य वस्तु उत्पादनमा समेत असर देखिन थालेको छ । यदि अन्तरराष्ट्रिय परिस्थिति यस्तै रहिरह्यो भने यसको असर अझ गहिरिँदै जानेछ । रासस