९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

लोचाखोलामा मोटरेबल पक्की पुल निर्माण

लोचाखोलामा मोटरेबल पक्की पुल निर्माण
अ अ+ अ-

खोटाङ। रावाबेँसी गाउँपालिकाको हौँचुरस्थित लोचाखोलामा मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको छ ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको रु पाँच करोड ११ लाख ४६ हजारमा पुल निर्माणको काम सुरु गरिएको हो ।

भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत ठेक्का आह्वान गरिएकामा आरके देन्धुप जेभी सोलुखुम्बुले रु दुई करोड ८९ लाख ७५ हजारमा बजेटमा सम्झौता गरेर निर्माणको काम सुरु गरेको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । निर्माण कम्पनीसँगको सम्झौताअनुसार विसं २०८४ जेठभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

निर्माण कम्पनीसँगको सम्झौताअनुसार १५ मिटर लामो मोटरेबल पक्की पुल निर्माण गरिने छ । लोचाखोलामा निर्माण हुने मोटरेबल पक्की पुलले रावाबेँसी गाउँपालिका–१ कुभिण्डे र सोही गाउँपालिकाको वडा नं ६ हौँचुरका स्थानीयलाई आवतजावतमा सहज अपेक्षा गरिएको छ ।

सम्झौता गरेको केही दिनपछिबाट निर्माण सुरु गरिएको लोचाखोला पुलको औपचारिक शिलान्यास शनिबार कोशी प्रदेश सरकारको निर्वतमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले गर्नुभएको छ । लोचाखोलामा पुल नहुँदा समस्या झेल्दै आएका स्थानीय ढिलै भए पनि प्रदेश सरकारको लगानीमा मोटरेबल पक्की पुल निर्माण हुने भएपछि हर्षित भएका छन् ।

भौगोलिक रूपमा खोला तथा कोशीले घेरिएको खोटाङमा मोटरेबल पक्की पुलको अभाव रहेको उहाँले उल्लेख गर्नुभयो । “जिल्लाका धेरै स्थानमा मोटरेबल पक्की पुल आवश्यक भए पनि अत्यावश्यक नाकामध्ये लोचाखोलालाई प्राथमिकतामा राखेर काम अघि बढाएका छौँ । यहाँ ठाडो र लामो शिर भएको खोला भएकाले आवतजावतमा धेरै समस्या थियो । यो समस्या समाधान गर्न बजेट विनियोजन गरेर पुल निर्माणको काम सुरु गरिएको छ”, प्रदेश मन्त्री राईले बताउनुभयो ।

समयमै गुणस्तरीय काम गरेर पुल निर्माणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ । स्थानीय तहका जनप्रतिनिधिलाई पनि प्रभावकारी अनुगमन गर्न अनुरोध गरिएको छ । निर्माण व्यवसायी बुद्धिबहादुर मगरले पुल निर्माणकार्य निर्धारित समयभन्दा अगाडि नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“खोलामा धेरै अवरोध छैन । निर्माणकार्य सहज हुने देखिएको छ । म आफैँ निर्माणस्थलमा बसेर काम गर्ने र समयमै काम सम्पन्न गरेर जिम्मा लगाउने योजनामा छु”, उहाँले भन्नुभयो, “पुलका लागि आवश्यक निर्माण सामग्री ल्याइसकिएको छ । अब तीव्रगतिमा निर्माणको काम अघि बढ्छ ।”

लोचाखोलाले हरेक वर्ष स्थानीयलाई बगाउने गरेको । हरेक वर्षामा सवारीसाधन वारपार गर्नका लागि श्रमदानमार्फत काठको पुल पनि निर्माण गर्नुपर्ने छ । लोचाखोलामा पुल निर्माण भइसकेपश्चात् सबै समस्या अन्त्य हुने स्थानीयले बताएका छन् । रासस