४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ओली पक्राउको विरोधमा झापामा एमालेको प्रदर्शन, सरकारलाई चेतावनी

ओली पक्राउको विरोधमा झापामा एमालेको प्रदर्शन, सरकारलाई चेतावनी
अ+ अ-

काठमाडौं । झापाको बिर्तामोडमा नेकपा (एमाले)ले आफ्ना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पक्राउको विरोधमा सडक प्रदर्शन गरेको छ।

आज बिर्तामोडस्थित मुक्तिचोकमा आयोजित विरोध प्रदर्शनमा एमालेका विभिन्न जनसंगठन तथा नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

पार्टी कार्यालयबाट सुरु भएको ¥याली मुक्तिचोकसम्म पुगेको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारको कदमको तीव्र विरोध गरेका थिए। उनीहरूले ओलीको पक्राउलाई गैरकानुनी तथा प्रतिशोधपूर्ण कदम भन्दै तत्काल रिहा गर्न माग गरेका छन्।

एमालेका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन पूर्वाग्रही ढंगले तयार पारिएको र त्यसकै आधारमा लोकतान्त्रिक शक्तिमाथि धरपकड गरिएको आरोप लगाइएको छ। सोही विरोधमा पार्टी सडक आन्दोलनमा उत्रिएको जनाइएको छ।

मुक्तिचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेलले वर्तमान सरकारलाई गल्ती सच्याउन चेतावनी दिएका छन्। उनले विदेशी प्रभावमा सरकार सञ्चालन भइरहेको आरोप लगाउँदै विधि र कानुनको आधारमा देश सञ्चालन गर्न सुझाव दिए। साथै, दुईतिहाइको दम्भ नदेखाउन पनि आग्रह गरेका थिए।

ढुङ्गेलले शान्तिपूर्ण आन्दोलनबाट माग पूरा नभए थप कडा आन्दोलनमा जाने चेतावनी दिँदै एमालेसँग प्रतिशोध साध्ने प्रयास महँगो पर्ने बताएका छन्। पार्टी केन्द्रको निर्देशनअनुसार आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने पनि उनले जानकारी दिएका छन्।

एमालेले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै देशभर आन्दोलनका कार्यक्रमलाई थप विस्तार गर्ने संकेत गरेको