१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबिबिएस् र बिडिएसका आठ सय ६२ चिकित्सक बिरामी जाँच्न नै अयोग्य ठहरिए



अ+ अ-

नेपाल मेडिकल काउन्सिलद्वारा आठ सय ६२ चिकित्सकलाई तत्कालका लागि बिरामी जाँच्न अयोग्य ठहर गरिएको छ । काउन्सिलले चार–चार महिनामा लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल भएकाले एमबिबिएस तथा बिडिएस उत्तीर्ण भए पनि उनीहरू बिरामी जाँच्न अयोग्य ठहरिएका हुन् ।

चार महिनापछि पुनः हुने परीक्षामा पास भएमा मात्रै उनीहरूले बिरामी जाँच्न पाउने काउन्सिलले जनाएको छ । एमबिबिएसतर्फका ६३१ र बिडिएसतर्फका २३१ जना अयोग्य घोषित भएका छन् । काउन्सिलले जारी गरेको सूचीमा एमबिबिएसतर्फ ४९ प्रतिशत अर्थात् ६०६ जना र बिडिएसतर्फ ४२ प्रतिशत अर्थात् १६८ जना भने उत्तीर्ण भएका छन् ।