१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ गर्न प्रहरी परिचालन



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नका लागि उहाँहरुको निवासमा बाक्लो संख्यामा प्रहरीको टोली पुगेको छ ।

भक्तपुरको गुण्डुस्थित ओली निवासमा रातभर कार्यकर्ता र नेताहरु जम्मा भएका थिए । अहिले प्रहरीको टोली कागजपत्रसहित गुण्डु पुगेको छ ।

यता कटुन्जेस्थित लेखकको निवासमा पनि ठूलो संख्यामा प्रहरी पुगेको छ । ओलीलाई पक्राउ गर्न प्रहरीले एसएसपी सन्तोष खड्काको नेतृत्वमा टोली खटाएको छ ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

प्रतिबेदन कार्यन्वयन गर्न गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरिरहेका थिए ।