६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्री पोखरेलद्वारा नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीति प्रवर्द्धन गर्ने प्रतिबद्धता



अ+ अ-

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गुणस्तरीय, समावेशी र नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले यो जिम्मेवारीलाई आफूले केवल पदका रूपमा नभएर राष्ट्रको भविष्य निर्माण गर्ने शिक्षा प्रणालीको सुदृढीकरण, वैज्ञानिक सोचको विकास, प्रविधिमैत्री समाज निर्माण साथै युवाशक्तिको सशक्तीकरण र खेलकुदमार्फत राष्ट्रिय गौरव अभिवृद्धि गर्ने जिम्मेवारीका रूपमा ग्रहण गरेको स्पष्ट पार्नुभएको छ ।

“विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा सम्पूर्ण युवापुस्ताका अपेक्षाहरूलाई आत्मसात् गर्दै वैश्विक प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादन, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन र प्रविधिको प्रभावकारी उपयोगमार्फत राष्ट्र निर्माणमा टेवा पुर्याउनेछु”, उहाँले भन्नुभएको छ, “युवाहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई सही दिशामा परिचालन गर्दै उद्यमशीलता, रोजगारी र नेतृत्व विकासका अवसरहरू विस्तार गर्नेछु । खेलकुद क्षेत्रको व्यावसायिक विकास, प्रतिभाको पहिचान र अन्तरराष्ट्रिय मञ्चमा नेपालको सशक्त उपस्थिति सुनिश्चित गर्न दृढताका साथ अघि बढ्नेछु ।”रासस