१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि
अ अ+ अ-

सिरहा। सिरहाको लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले पछिल्लो समय शिक्षाको गुणस्तर र भौतिक पूर्वाधारमा उल्लेख्य प्रगति गर्दै नमूना विद्यालयका रूपमा आफूलाई उभ्याएको छ ।

करिब एक हजार विद्यार्थी अध्ययनरत यस विद्यालयमा पछिल्लो समय निजी विद्यालय छाडेर आउने विद्यार्थीको सङ्ख्या बढ्दो छ । पुराना विद्यालयमध्येको एक भएता पनि कुनै समय यो विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा पर्न छाडेको थियो । प्रधानाध्यापक मनोजकुमार यादवका अनुसार केही वर्ष अघिसम्म विद्यार्थी सङ्ख्या पाँच सयको हाराहारीमा थियो ।

दुई वर्षअघि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएका यादवले समुदाय र नगरपालिकासँगको समन्वयमा विद्यालयको मुहार फेर्ने अभियान सुरु गर्नुभयो । “नगरप्रमुख महेशप्रसाद चौधरीको सकारात्मक सहयोग, दरबन्दी थप र अनुदान व्यवस्थापनले विद्यालयको स्तरोन्नति सम्भव भएको हो”, उहाँले भन्नुभयो  ।

भौतिक संरचनातर्फ विद्यालयले छोटो समयमै ठूलो फड्को मारेको छ ।  विसं २०८० फागुन २ गते राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत प्राप्त अनुदानबाट चारकोठे भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकार र लहान नगरपालिकाको साझेदारीमा अर्को चारकोठे भवन निर्माण गरी गत मङ्सिरमा उद्घाटन भइसकेको छ ।

आज मात्रै नगरप्रमुख महेशप्रसाद चौधरीले ३२ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको दुईकोठे भवनको शिलान्यास गर्नुभयो । नगरप्रमुख चौधरीले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन र शैक्षिक गुणस्तर अभिवृद्धिमा नगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको भौतिक पूर्वाधारमा आमूल सुधार नगरी गुणस्तरीय शिक्षाको परिकल्पना सम्भव छैन ।”

नगरप्रमुख चौधरीले ‘एक कक्षा, एक शिक्षक’ अवधारणा कार्यान्वयन गर्न नगरका ६० सामुदायिक विद्यालयमा १२५ जना नगर स्वयंसेवक शिक्षक परिचालन गरिएको तथा पठनपाठनलाई प्रभावकारी बनाउन विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो । साथै, ‘एक विद्यालय, एक कम्प्युटर’ र ‘एक कक्षाकोठा, एक पङ्खा’ जस्ता कार्यक्रममार्फत आधारभूत सुविधामा लगानी बढाइएको पनि उल्लेख गर्नुभयो ।

हाल नर्सरीदेखि कक्षा ९ सम्म अङ्ग्रेजी माध्यममा २४५ छात्रछात्रा र बाल कक्षादेखि १२ सम्म नेपाली माध्यममा ७०० छात्रछात्रा अध्ययनरत छन् । लहान नगरपालिकाले यस वर्षदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कापी, पेन्सिल जस्ता शैक्षिक सामग्रीसमेत सहयोग गर्दै आएको छ । विद्यालयमा हाल २२ जना शिक्षक कर्मचारी कार्यरत छन् । यद्यपि, माध्यमिक तहमा मात्र एउटा दरबन्दी हुनु विद्यालयको मुख्य समस्या बनेको छ । “प्राविका सात जना दरबन्दीले माविलाई धानिरहेका छौँ, हामीले थप दरबन्दीको माग गरेका छौँ”, प्रधानाध्यापक यादवले भन्नुभयो ।

विसं २०१९ मा स्थापना भएको यस विद्यालयका पहिलो ब्याचका विद्यार्थी तथा हाल वडा नं १२ का वडाध्यक्ष बद्रीनारायण चौधरी विद्यालयको प्रगति देखेर हर्षित हुनुहुन्छ । ७० वर्षीय चौधरीले भन्नुभयो, “म यही विद्यालयको पहिलो ब्याचको विद्यार्थी हुँ । जुन माटोमा मैले कखरा सिकें, आज त्यही विद्यालयले यति ठूलो प्रगति गरेको देख्दा गर्व लाग्छ ।”

नगरपालिकाले दलित तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति र पोषण प्याकेज जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । रासस