४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल
अ+ अ-

काठमाडौँ, १३ चैतः नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताउनुभएको छ ।

मन्त्रालयमा आज पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालको परराष्ट्र नीति संविधानमा नै स्पष्ट रूपमा उल्लेख गरिएको बताउनुभयो । “सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीति परिवर्तन हुँदैन”, मन्त्री खनालले भन्नुभयो, “यो नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितसँग सम्बन्धित विषय हो । नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको छ र यसलाई निरन्तरता दिइनेछ ।”

उहाँले पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय देखिएको द्वन्द्वको अवस्थामा मन्त्रालयले पछिल्लो समयदेखि आवश्यक काम गरिरहेको बताउनुभयो । “हालसम्म त्यहाँ रहेका ८० हजारभन्दा बढी नेपालीको तथ्याङ्क सङ्कलन गरिएको छ । आवश्यकताअनुसार त्यहाँ रहेका नेपालीलाई सोही देशमा सुरक्षित राख्ने उद्देश्यले कूटनीतिक पहलमार्फत मन्त्रालयले सक्रिय रूपमा काम गरिरहेको छ”, मन्त्री खनालले भन्नुभयो, “यदि अवस्था अझ संवेदनशील बन्दै गएमा, नेपाली नागरिकको सुरक्षाका लागि अन्य आवश्यक कदमहरू पनि चालिनेछन् ।”

यससँगै, सम्भावित इन्धन आपूर्ति शृङ्खलामा पर्नसक्ने असरबारे पनि अध्ययन भइरहेको बताउँदै उहाँले विशेषगरी इन्धनको मूल्य र त्यसबाट पर्ने प्रभावबारे मन्त्रालयले गम्भीरतापूर्वक विश्लेषण गरिरहेको र यस विषयलाई अत्यन्त संवेदनशील रूपमा लिइएको उल्लेख गर्नुभयो ।

मन्त्री खनालले शान्तिका पक्षमा उभिएको देश र गौतमबुद्ध जन्मिएको मुलुकका रूपमा नेपालले सधैँ द्वन्द्वरत पक्षलाई शान्तिपूर्ण ढङ्गले आफ्ना समस्या समाधान गर्न आग्रह गर्दै आएको उल्लेख गर्दै विश्व समुदायलाई पनि नेपालले सोही अनुरोध गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले पश्चिम एसियामा रहेका नेपालीले आफूलाई असुरक्षित महसुस गरे भने, पहिलो प्राथमिकता उनीहरूको सुरक्षाको प्रत्याभूति गरिने तथा वैकल्पिक उपाय अपनाउन मन्त्रालय तयार रहेको उहाँले भन्नुभयो ।
मन्त्री खनालले सरकारले सुशासन र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको र यी दुई आधारभूत लक्ष्यअन्तर्गत सबै मन्त्रालयका कार्य अगाडि बढाइने बताउँदै परराष्ट्र मन्त्रालयले पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने अवगत गराउनुभयो ।

उहाँले आज कन्सुलर सेवालाई डिजिटल प्रविधिमार्फत सहज बनाउने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो । मन्त्री खनालले सेवाग्राहीलाई सहज बनाउन डिजिटल प्रणालीमार्फत सेवा उपलब्ध गराउने लक्ष्य राखिएको र सरकारी कार्यालयमै उपस्थित नभई सेवा प्राप्त गर्न सकिने व्यवस्था विस्तार गरिने बताउनुभयो ।

आर्थिक समृद्धिका सन्दर्भमा ‘इकोनोमिक डिप्लोमेसी’लाई विशेष प्राथमिकता दिइने र यसले देशको आर्थिक विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको उहाँले भन्नुभयो ।

नवनियुक्त परराष्ट्रमन्त्रीको जीवनी

नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालसँग यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सम्हालेको अनुभव रहेको छ ।

दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्यमा काठमाडौँ क्षेत्र नं ६ बाट निर्वाचित खनाल २०७९ माघमा छोटो अवधिका लागि शिक्षामन्त्री हुनुभएको थियो । खनालको जन्म ३० डिसेम्बर १९७८ मा काठमाडौँमा भएको थियो ।

पुख्र्याैली थलो तनहुँ भएका ४७ वर्षीय खनाल हाल काठमाडौँको टोखामा बसोबास गर्दै आउनुभएको छ । उहाँ राजनीतिमा लाग्नुअघि ‘टिच फर नेपाल’का संस्थापक भई सार्वजनिक शिक्षा सुधारका अभियन्ताका रुपमा कार्यरत हुनुहुन्थ्यो । खनाल रास्वपाका केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभागका प्रमुख हुनुहुन्छ ।

संयुक्त राज्य अमेरिकाको ‘युनिभर्सिटी अफ विसकोन्सिन म्याडिसन’बाट सार्वजनिक नीतिमा र ब्रिजपोर्ट विश्वविद्यालयबाट अन्तरराष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका उहाँ विगतमा श्रीलङ्का, नेपाल र संयुक्त राज्य अमेरिकामा पुनःनिर्माणका लागि सञ्चालित सर्वाेदय श्रमदान अभियानमा सक्रिय हुनुहुन्थ्यो । उहाँले तुलसीपुर उपमहानरगपालिकाको नीतिशालामा रही सल्लाहकारीय भूमिका पनि गर्नुभएको थियो ।रासस
तस्बिरः हरिराम भेटुवाल/रासस