५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाले पदभार, गरे तीन महत्वपूर्ण निर्णय

नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाले पदभार, गरे तीन महत्वपूर्ण निर्णय
अ+ अ-

काठमाडाैँ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ ।पदभार सम्हाल्ने क्रममा उनले तीन महत्वपूर्ण निर्णय गर्नुभएको हो । अर्थमन्त्री वाग्लेले चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार पार्ने निर्देशन दिनुभयो ।

साथै सरकारको निर्वाचन वाचा कार्यान्वयनलाई व्यवस्थित बनाउन १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना तयार गर्ने निर्णय समेत गर्नुभयो । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ ले सिफारिस गरेका कानूनी सुधारलाई कार्यान्वयनतर्फ लैजाने प्रक्रिया शुरु गरिने बताउनु भयो ।

आयोगको प्रतिवेदनमा सिफारिस गरिएका राजश्व अनुसन्धान विभागसँग सम्बन्धित लगायत १५ वटा ऐन खारेज गर्ने प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ । त्यसैगरी निजी उद्यम–व्यवसायको सुरक्षा तथा प्रवद्र्धन, ठूला विकास आयोजना सहजीकरण लगायत विषय समेटेर नयाँ विधेयक ल्याउने वा विद्यमान कानुन संशोधन गर्ने प्राथमिकता तय गरिनेछ । यसका लागि वृहत्तर आर्थिक तथा कानूनी सुधारको मार्गचित्र तयार पार्ने निर्णय पनि गरिएको छ ।

अर्थमन्त्री वाग्लेले पदभार ग्रहणपछि अर्थतन्त्रलाई गतिशील बनाउन संरचनात्मक सुधार, निजी क्षेत्रको विश्वास बढाउने नीति र लगानीमैत्री वातावरण निर्माणमा ध्यान केन्द्रित गरिने बताएका छन् ।