९ असार २०८३, मंगलवार
,
Latest
११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्यन्न नष्ट



अ+ अ-

कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले चालु आव २०७६/७७ को चार महिनाको अवधिमा कैलाली र कञ्चनपुरका विभिन्न बजारमा गरिएको अनुगमनबाट साढे दुई क्विन्टल खाद्यान्न तथा दलहन खाद्यपदार्थ जफत गरी नष्ट गरेको छ ।

कार्यालयले साउनदेखि कात्तिक महिनाको मसान्तसम्म गरेको बजार अनुगमनबाट म्याद गुज्रेका तथा खानका लागि अयोग्य २५६ किलोग्राम खाद्यान्न जफत गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा कार्यालय प्रमुख सुमन धितालले जानकारी दिनुभयो ।

त्यसैगरी कृत्रिम चुक ६०० लिटर, हल्का पेयपदार्थ ४१३ लिटर, माछामासु ४० किलोग्राम, तेल तथा घीउ १२ लिटर र मसलाजन्य वस्तु पाँच किलोग्राम जफत गरी नष्ट गरिएको अनुसन्धान अधिकृत धितालले बताउनुभयो । चामलको पीठो तथा स्वास्थ्यलाई हानिकारक रङ मिसाएर बनाइएको १२८ किलोग्राम मिठाईजन्य पदार्थ जफत गरी नष्ट गरिएको छ । प्रमुख धितालले चालु आवको प्रथम चौमासिकमा कार्यालयले ८० पटक खाद्य उद्योग र ३६ पटक दूध, पानी तथा खाने तेल उद्योगको अनुगमन गरेको बताउनुभयो । त्यस्तै आठपटक दाना उद्योग, पाँच पटक होटल तथा रेष्टुरेन्ट र आठ पटक कार्यदलको संयुक्त टोलीबाट अनुगमन गरेको जनाइएको छ ।