• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

माछा र उखुका कारण आलु खेतीमा कमी



कलैया । यस वर्ष बारामा आलु खेतीको क्षेत्रफल कमी भएका कारणले उत्पादनमा समेत कमी भएको छ । कृषि ज्ञानकेन्दका अनुसार यहाँका कृषक नगदेबालीका रुपमा माछापालन र उखु खेतीतर्फ अग्रसर भइरहेका कारण बिस्तारै खेतीमा कमी आइरहेको हो ।

ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले गत वर्षको तुलनामा यस वर्ष पनि आलुको क्षेत्रफल र उत्पादनमा समेत कमी आएको बताउनुभयो । आव २०७६/७७ मा कृषकले कूल सात हजार ४७० हेकटर क्षेत्रफलमा सी ४० खुमलटार रातो जातको आलु खेती गरिएको छ ।

जिल्लाको हरिहरपुर, गोलागञ्ज, देवापुर, उचिडिह, पिपरपाती, बरियापुर, मटियर्वा लगायतका ठाउँ आलुका लागि पकेट क्षेत्र मानिए पनि जिल्लाका अधिकांश ठाउँमा पनि आलु खेतीको थालनी भइरहेको ज्ञानकेन्द्रका गेनालाल मण्डलले जानकारी दिनुभयो ।