१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह मन्त्रालयको जिम्मा सुधन गुरुङलाई, आजै शपथ लिँदै



अ+ अ-

काठमाडौँ । सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयको जिम्मेवारी दिएको छ।

गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङले आजै राष्ट्रपति निवासमा पुगेर गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी रहेको स्रोतले जनाएको छ।

नवनियुक्त गृहमन्त्री गुरुङलाई रास्वपाले सरकारमा महत्त्वपूर्ण जिम्मेवारीसहित अगाडि बढाएको हो। गृह मन्त्रालय देशको शान्ति–सुरक्षा, प्रशासनिक संयन्त्र तथा आन्तरिक व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको संवेदनशील मन्त्रालय मानिन्छ।

यसअघि पनि रास्वपाले सरकार गठन प्रक्रियालाई तीव्रता दिँदै विभिन्न मन्त्रालयका जिम्मेवारी टुंग्याउने क्रम जारी राखेको छ।