१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमाओवादीहरु एकजुट हुनुपर्छः सीपी गजुरेल (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरु एक हुनुपर्ने बताएका छन् । 

प्रज्ञा भवनमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

उनले भने ‘ यदि हामी पूर्वमाओवादीहरु एकजुट हुने हो भने यो महाधिवेशनले जनयुद्ध सुरु गर्नुभन्दा अगाडीको केन्द्रीय समितिको बैठकमा जुन प्रतिवद्धता जाहेर गरेका छौं, त्यसलाई पुनःस्थापित गर्नुपर्छ ।’ 

समग्रमा उनले जनयुद्धपूर्वको माओवादी केन्द्रीय कमिटीको बैठकको प्रतिबद्धता पालना गर्नुपर्ने , जनयुद्धको लक्ष्यअनुसार जनगणतन्त्र स्थापनाका लागि तयार हुनुपर्ने, एमसीसीलगायतका सम्झौता खारेजी र नेपाली भूमि फिर्ताको पक्षमा निर्णय गर्नुपर्ने प्रस्ताव गरे ।