२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बालेन शाहको शपथः स्थान– शीतल निवास, समय– १२:३४, दिशा– उत्तर



अ+ अ-

काठमाडौं । देशले आज नयाँ प्रधानमन्त्री पाएको छ । नेपालका विसं २०४६ मा प्रजातन्त्रको पुनस्र्थापनापछि पहिलो पटक सबैभन्दा कम उमेर, ३६ वर्षीय बालेन्द्र शाह (बालेन) ले आज नेपालको नयाँ प्रधानमन्त्रीका रुपमा शपथ लिने तय भएको हो । सम्भवत उनी नेपाली इतिहासकै सबैभन्दा कम उमेरका जननिर्वाचित प्रधानमन्त्रीका रुपमा पनि परिचित हुनेछन् ।

आज मध्याह्न राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बालेनलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा वरिष्ठ नेता हुन् । सो पार्टीले यही फागुन २१ मा सम्पन्न निर्वाचनमा झण्डै दुई तिहाई बहुमत हासिल गरेको छ ।

शपथ ग्रहण समारोह दिउँसो १२ः३४ बजेका लागि तय भएको हो । यो समय ज्योतिषीय गणनाअनुसार शुभ साइतका रुपमा मिलाइएको हो । साथै शपथका क्रममा त्यहाँ शंखध्वनि, बौद्ध गुरुहरुको मन्त्रोच्चारणको पनि व्यवस्था मिलाइएको छ ।

बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नेछन् । यो समय पनि साइत हेरेर मिलाइएको छ । साथै सिंहदरबारमा प्रधानमन्त्री बस्ने कुर्सी पनि बास्तुशास्त्रीय विधि अनुसार हिजो नै मिलाइएको बताइएको छ ।

प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गर्ने तयारी पनि रहेको बताइएको छ ।

यसैबीच आजको शपथ ग्रहण समारोहको अर्काे एक नयाँ विशेषता पनि रहेको छ कि उनले उत्तरतर्फ फर्केर शपथ लिनेछन् । जस्तो कि यसअघिका प्रधानमन्त्रीहरु सबैलाई दक्षिण फर्काएर शपथ गराउने गरिएको थियो, तर यसपालि भने उनलाई उत्तर फर्काएर शपथ गराइने छ ।

सोही बमोजिम हिजो रातिसम्म शीतल निवासको शपथ समारोहको व्यवस्थापन गरिएको बताइएको छ । ज्यातिषीय परामर्श अनुसार दक्षिण फर्केर शपथ लिनु शुभ नहुने भन्दै यो दिशा तय गरिएको हो ।




भर्खरै