५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादास्पद रिपोर्ट बुझाएर धार्मिक यात्रामा निस्किए कार्की -फोटो फिचर



अ+ अ-

काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनको छानबीन गर्न गठन भएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले केही दिन अघि बुझाएको प्रतिवेदन हिजो नेपाल सरकारले सार्वजनिक गरेको छ ।

सो प्रतिवेदन निकै नै विवादास्पद बन्न पुगेको छ । भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर केही युवायुवतीको ज्यान गएको थियो । गौरी आयोगले खासमा सोही गोलीकाण्डका दोषी भनेर तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई फौजदारी अभियोगमा कारबाही गर्न सिफारिश गरेको छ ।

तर विवादास्पद त कहाँनेर भयो भने अघिल्लो दिनको घटनामा राज्य पक्षलाई दोषी देखेको आयोगले भोलिपल्ट २४ गते देशैभरिका सरकारी संरचना जलेको, जलाइएको विषयमा भने केही पनि बोलेको छैन । तीन आपराधिक घटनामा संलग्नताका प्रमाणका रुपमा भिडियो फुटेजहरु अध्ययन गरेपनि कारबाहीको सिफारिश गरेको छैन ।

यसकारण विवादास्पद बनेको छ आयोगको प्रतिवेदन । यस प्रतिवेदनले देशको राजनीतिमा एक प्रकारको तरंग पैदा गरिदिएको छ । यता यस्तो विवादास्पद प्रतिवेदन दिएका आयोगका प्रमुख कार्की भने आज काठमाडौँबाट बाहिरिएर धार्मिक यात्रामा लागेका छन् ।

उनी हेटौँडामा रहेको पाथिभरा मन्दिरमा पुगेर आज पूजाआजा गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरु ।