४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’

जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’
अ+ अ-

काठमाडाैँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो कार्यकालको मुख्य उपलब्धि निर्वाचनलाई मान्नुभएको छ ।
जेन–जी जनआन्दोलन पछिको असामान्य परिस्थितिमा गठन भएको सरकारको मुख्य म्याण्डेट नै निष्पक्ष निर्वाचन गराउनु रहेको उहाँले बताउनु भयो ।

उहाँले निर्वाचनलाई ‘स्वच्छ, निष्पक्ष, भयरहित र रक्तपातविहीन’ बनाउन सफल भएकोमा गर्व व्यक्त गर्नुभयो । गृहमन्त्री अर्यालले आफ्नो कार्यकालमा जेन–जी जनआन्दोलनका मागहरूलाई सम्बोधन गर्न विशेष प्राथमिकता दिएको बताउनु भयो । आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४२ जना सुशासन योद्धा र ३ जना प्रहरीलाई शहीद घोषणा गरिएको जानकारी उहाँले दिनुभयो ।

त्यसैगरी, आन्दोलनका ७ सय २९ जना घाइतेलाई तत्काल राहत स्वरूप प्रतिव्यक्ति ३५ हजार रुपैयाँ वितरण गरिएको र गम्भीर घाइतेहरूलाई मासिक जीविकोपार्जन भत्ताको व्यवस्था शुरु गरिएको उहाँको भनाइ छ । शहीदका आश्रित परिवारका लागि जीवन निर्वाह वृत्तिको निर्णय समेत कार्यान्वयनको चरणमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

छोटो अवधिमै गृह मन्त्रालयले नीतिगत र कानूनी क्षेत्रमा ठूलो फड्को मारेको अर्यालले दाबी गर्नुभयो । ६ महिनाको अवधिमा दुई दर्जनको हाराहारीमा कानूनहरू तर्जुमा तथा संशोधन गरिएको उहाँले बताउनु भयो । जसमा ५ वटा अध्यादेश, ७ वटा नियमावली संशोधन र विभिन्न कार्यविधिहरू रहेका छन् ।

आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ४ सय ६५ वटा सरकारी कार्यालयहरू (जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय आदि) को पुनर्निर्माण गरी सेवा प्रवाहलाई पूर्ण रूपमा सुचारु गरिएको विषयलाई उहाँले आफ्नो कार्यकालको महत्वपूर्ण प्रशासनिक सफलताको रूपमा प्रश्तुत गर्नुभयो ।

सामूहिक नेतृत्व र व्यावसायिकताको नयाँ मानक
आफूलाई ‘विशुद्ध व्यावसायिक व्यक्ति’ का रूपमा चिनाउँदै अर्यालले गृह प्रशासनमा सामूहिक नेतृत्वको भावना विकास गरेको बताउनु भयो । सुरक्षा निकाय र कर्मचारीतन्त्रको खस्किएको मनोबल उच्च बनाउन ‘बटम–अप’ (तल्लो तहबाट माथि) अप्रोच अपनाइएको उहाँको तर्क छ ।

सत्यको भाष्य स्थापित गर्नुपर्नेमा जोड

उहाँले राष्ट्र सेवक र सुरक्षा फौजको मनोबल गिराउने गरी बजारमा बनाइने ‘गलत भाष्य’ विरुद्ध उभिनुपर्ने बताउनु भयो । बाहिर रहँदा पनि आफूले सत्यको आधारमा संस्थाको रक्षाका लागि भुमिका खेल्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल