१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विचारमा मतभेद भएपनि राष्ट्रियताको सवालमा हामी एक हुनुपर्छः दुर्गा पौडेल



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले राजनीतिक दलहरुबीच मतभेद भएपनि राट्रियताको सवालमा एक हुनुपर्ने बताएकी छन् ।

प्रज्ञा भवनमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । 

उनले भनिन् ‘ सबैभन्दा ठूलो प्राथामिकता हामीले राष्ट्रियतालाई दिनुपर्छ । राष्ट्रियतालाई माथी राखेर सोंच्दाखेरि जतिसुकै हाम्रो राजनीतिक मतभेद भएपनि राष्ट्रियताको सवालमा हामी एक हुनुपर्छ ।’