५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

बेमौसमी वर्षाले रुपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

बेमौसमी वर्षाले रुपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति
फाइल फोटो
अ+ अ-

काठमाडौं । बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको आर्थिक क्षति भएको छ । पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा भिजेर नष्ट हुँदा उद्योगी समस्यामा परेका छन् ।

लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका पूर्वअध्यक्ष अजयकुमार गुप्ताका अनुसार गत साताको वर्षाले जिल्लाभर उत्पादित काँचो इँटामा क्षति पुगेको हो । जिल्लामा हाल करिब ३० वटा इँटा उद्योग सञ्चालनमा रहेका लुम्बिनी उद्योग व्यवसायी सङ्घले जनाएको छ ।

“पछिल्लो समय कोइला र डिजेलजस्ता इन्धनको मूल्यवृद्धिले उत्पादन लागत बढिरहेको अवस्थामा वर्षाका कारण करोडौँ मूल्य बराबरको इँटा नष्ट हुँदा उद्योगी थप सङ्कटमा परेका छन्”, गुप्ताले भने ।

हरेक वर्ष दोहोरिने बेमौसमी वर्षाले उद्योग क्षेत्रलाई दीर्घकालीन असर पार्दै आएको उनको भनाइ छ । गणेश इँटा उद्योग रुपन्देहीका व्यवस्थापक गणेश रायमाझीले बेमौसमी वर्षाका कारण जिल्लामा करिब तीन करोडभन्दा बढी काँचो इँटा नष्ट भएको जानकारी दिए ।

“पोल्नका लागि तयारी अवस्थामा राखिएका काँचो इँटा पानीले भिजेर पूर्ण रूपमा नष्ट भएका छन्”, उनले भने । एउटा काँचो इँटाको मूल्य औसत रु सात पर्ने भएकाले कुल क्षति करोडौँ रुपैयाँभन्दा माथि पुगेको रायमाझीले बताए ।

काँचो इँटाको बिमाको व्यवस्था नहुँदा उद्योगीले वर्षेनी ठूलो नोक्सानी व्यहोर्नु परेको उहाँले गुनासो गरे । उद्योगीले अन्य उत्पादन क्षेत्रसरह इँटा उद्योगलाई पनि बिमा प्रणालीभित्र समेट्ने नीति ल्याउन सरकारसँग माग गरेका छन् ।

मौसमजन्य जोखिम न्यूनीकरणका लागि दीर्घकालीन नीति आवश्यक रहेको उनीहरूको भनाइ छ । हिउँदसँगै सुरु हुने इँटा उत्पादन मौसमको अनियमितताले प्रभावित हुँदा यस क्षेत्रको समग्र लगानी र रोजगारीमा समेत असर पर्दै आएको छ ।