५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

आगलागीपछि भरतपुर मालपोतमा श्रेस्ता पुनःनिर्माण तीव्र, ८ हजार नयाँ अभिलेख कायम

आगलागीपछि भरतपुर मालपोतमा श्रेस्ता पुनःनिर्माण तीव्र, ८ हजार नयाँ अभिलेख कायम
तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडाैँ ।गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा आगजनीबाट पूर्ण रूपमा नष्ट भएका अभिलेख पुनःस्थापनाका लागि मालपोत कार्यालय भरतपुरले नयाँ श्रेस्ता कायम गर्ने कार्य तीव्र पारेको छ । हालसम्म करिब आठ हजार नयाँ श्रेस्ता कायम भइसकेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आगलागीमा परेर अधिकांश कागजात जलेपछि जग्गासम्बन्धी सम्पूर्ण सेवा पुनः सञ्चालन गर्न नयाँ श्रेस्ता अनिवार्य बनेको हो । एकीन तथ्याङ्क उपलब्ध नभए पनि करिब दुई लाख हाराहारी श्रेस्ता कार्यालयमा रहेको अनुमान गरिएको छ ।

सूचना अधिकारी टीकाराम अधिकारीका अनुसार कात्तिक महिनादेखि फागुनसम्ममा आठ हजार श्रेस्ता पुनः कायम गरिएको हो । कामको चाप अत्यधिक रहेकाले हाल जग्गा खरिद–बिक्री, धितो (बन्धक) लगायत अत्यावश्यक काम परेकाहरूको मात्र श्रेस्ता कायम गरिँदै आएको उनले बताए ।

कार्यालयले भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासहित सातवटै स्थानीय तहलाई जग्गाधनीको नयाँ श्रेस्ता कायमका लागि सिफारिस उपलब्ध गराउन पत्राचार गरिसकेको छ । कामको चाप घटेपछि अन्य सेवाग्राहीका लागि पनि क्रमशः सूचना जारी गर्दै श्रेस्ता कायम गर्ने तयारी रहेको जनाएको छ ।

जग्गाधनीले आफ्नो हक दाबी गर्न स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । दैनिक करिब ९० वटा श्रेस्ता कायम हुने गरेको अधिकारीले जानकारी दिए।

नयाँ श्रेस्ता कायम गर्न नागरिकताको प्रतिलिपि, स्थानीय तहबाट भोगसम्बन्धी सिफारिस, तीन पुस्तेसहितको प्रमाण, सक्कल पूर्जा, जग्गा प्राप्तिको स्रोत देखिने लिखत, प्लट रजिष्ट्रर, फिल्डबुक, नक्सालगायत कागजात आवश्यक पर्ने जनाइएको छ । यसबाहेक चालु आर्थिक वर्षको मालपोत तिरेको रसिद, जग्गा रोक्का भएमा सम्बन्धित निकायको सहमति, आवश्यकताअनुसार स्थलगत सर्जमिन तथा ३५ दिने सार्वजनिक सूचना समेत आवश्यक पर्न सक्ने कार्यालयले जनाएको छ । गुठी जग्गाको हकमा गुठी संस्थानको सहमतिपत्र अनिवार्य रहनेछ ।

आन्दोलनका क्रममा भरतपुर र खैरहनीस्थित मालपोत कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । हाल कार्यालयको भवन प्रयोगयोग्य नभएकाले अस्थायी टहराबाट सेवा सञ्चालन भइरहेको छ भने तयार भएका श्रेस्ताको सुरक्षित भण्डारणमा समेत समस्या देखिएको छ ।