९ असार २०८३, मंगलवार
,
Latest
११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न ११ स्थानमा आगजनी



अ+ अ-

पर्सा । पोखरिया नगरपालिकाका विभिन्न ११ स्थानमा गएराति आगजनी गरिएको छ । मोटरसाइकमा आएका दुई जनाको अज्ञात समूहले नगरपालिकाको वडा नं ४ र ५ का विभिन्न स्थानमा आगजनी गरेका हुन् ।

मोटरसाइकलमा सवार रहेका व्यक्तिले राति घर अगाडि राखिएका परालका कुन्यू र एक पान पसलमा आगजनी गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले जानकारी दिए ।

उनले अज्ञात समूहले वडा नं ४ पोखरियामा रहेको प्रेम रामको पान पसलमा आगजनी गर्दा रु एक लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको बताए । आगजनीबाट कुनै मानवीय क्षति नभएको र आगजनीमा संलग्न रहेकाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।