५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टी भयो : शंकर पोखरेल

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टी भयो : शंकर पोखरेल
अ+ अ-

काठमाडाैँ ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोग निष्पक्ष छानबिनका लागि गठन नभएको बताएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आयोगको प्रतिवेदनले नै यसको पुष्टि गरेको उल्लेख गरेका छन्। “कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने कुरा आयोगको प्रतिवेदनले स्पष्ट पारेको छ,” उनले लेखेका छन्।

उनका अनुसार कार्की आयोग र निर्वाचनमा प्रयोग गरिएको एल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक तथा कानुनी वैधानिकता दिने प्रयास गरिएको थियो। सोही प्रयासअनुसार निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको उनको दाबी छ।

“निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको छ,” उनले उल्लेख गरेका छन्। उनका अनुसार एल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणमार्फत नयाँ शक्तिको उदय भएको छ।

आगामी राजनीतिक यात्रा सहज नहुने उल्लेख गर्दै उनले राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने बताएका छन्।

यस्तो परिस्थितिमा ‘नयाँ शक्ति’ र ‘नेतृत्व’लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनुका साथै जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु नै विवेकपूर्ण कदम हुन सक्ने उनको भनाइ छ।

तर, उनले लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन समाधान वा विचारधारात्मक राजनीतिको विकल्प बन्न नसक्ने स्पष्ट पारेका छन्।