५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

भैँसीपालनमार्फत जीविकोपार्जन सुधार गर्न कैलालीमा रु २.२५ करोडको कार्यक्रम सञ्चालन हुने

भैँसीपालनमार्फत जीविकोपार्जन सुधार गर्न कैलालीमा रु २.२५ करोडको कार्यक्रम सञ्चालन हुने
अ+ अ-

काठमाडाैँ ।कैलालीमा भैँसीपालनमार्फत किसानको जीविकोपार्जन सुधार गर्ने उद्देश्यसहित नयाँ कार्यक्रम सञ्चालन हुने भएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका नौ स्थानीय तहमा ‘जीविकोपार्जन सुधारका लागि भैँसीपालन कार्यक्रम’ लागू गर्न लागेको हो।

केन्द्रका प्रमुख चन्द्रकान्त पन्तका अनुसार उक्त कार्यक्रम आगामी महिनादेखि धनगढी उपमहानगरपालिका, गोदावरी, गौरीगङ्गा, टीकापुर र लम्कीचुहा नगरपालिकासहित जोशीपुर, बर्दगोरिया, जानकी र मोहन्याल गाउँपालिकामा सञ्चालन गरिनेछ।

कार्यक्रमका लागि रु दुई करोड २५ लाख बजेट विनियोजन गरिएको छ। भैँसीपालनलाई प्रवर्द्धन गर्दै स्वस्थ पाडापाडी उत्पादन, दूध तथा मासु निर्यात बढाउने, युवालाई पशुपालनतर्फ आकर्षित गर्ने र किसानको आम्दानी वृद्धि गर्ने लक्ष्य राखिएको केन्द्रले जनाएको छ।

प्रमुख पन्तले भैँसीपालक किसानको उत्पादन वृद्धि गरी उनीहरूको जीवनस्तर सुधारमा सहयोग पुर्‍याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो। यसबाट विशेषगरी साना कृषकसमेत प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

कार्यक्रमअन्तर्गत माउ भैँसी खरिदमा सहयोग, सामुदायिक पशु प्रजनन केन्द्र स्थापना, गोठ निर्माण तथा सुधार, आहार व्यवस्थापनलगायतका क्षेत्रमा अनुदान उपलब्ध गराइनेछ। अनुदान प्राप्त गर्न कृषक समूह वा महिला कृषक समूहमा आबद्ध भई कम्तीमा १० वटा भैँसी पालन गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।