२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा नगरपालिकामा पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक विदा



अ+ अ-

गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पुस २७ गते गोरखा नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगरपालिका माताहतका कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।

‘नगरपालिका माताहतका कार्यालयहरु जस्तो नगरपालिकाकै कार्यालय, वडा कार्यालयहरु, विद्यालयहरु र स्वास्थ्य संस्थाहरु आउँदो पुस २७ गते सार्वजनिक विदा दिने निर्णय भएको छ’, श्रेष्ठले भनिन्, ‘प्रदेश र संघ सरकार अन्तर्गतका कार्यालयहरुका लागि होइन, हाम्रो नगरपालिका माताहतका कार्यालयहरुमा मात्र यो निर्णय लागु हुनेछ ।’

गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखाबाट नेपाली एकीकरणको जग बसालेका हुनाले उनको सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।