८ श्रावण २०८३, शुक्रबार
,
Latest
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा देशभर वित्तीय साक्षरता कार्यक्रम, २,६४९ विद्यार्थी लाभान्वित



अ+ अ-

काठमाडौं । सिद्धार्थ बैंकले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यसहित ग्लोबल मनी विक २०२६  को अवसरमा देशभर सप्ताहव्यापी विविध कार्यक्रम सम्पन्न गरेको छ।

मार्च १६ देखि २२ सम्म मनाइएको यस वर्षको अभियान “स्मार्ट मनि टक्स” नारालाई सार्थक बनाउने उद्देश्यले बैंकले सातै प्रदेशका ३८ विद्यालय तथा क्याम्पसमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रममा बैंकिङ सेवा, डिजिटल कारोबार तथा त्यससँग सम्बन्धित सावधानीबारे जानकारी दिइएको थियो।

उक्त कार्यक्रममा २,१७१ जना विद्यार्थी सहभागी भएका थिए। साथै, बैंकिङ प्रणालीको व्यवहारिक ज्ञान प्रदान गर्न ४७८ जना विद्यार्थीलाई विभिन्न शाखाहरूमा भ्रमण गराइएको बैंकले जनाएको छ। यसरी कुल ५१ कार्यक्रममार्फत २,६४९ विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरिएको छ।

बैंकले देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ। साथै, सप्ताहभर सामाजिक सञ्जालमार्फत जानकारीमूलक सामग्री प्रकाशन गरी वित्तीय सचेतना अभिवृद्धिमा योगदान पुर्‍याएको उल्लेख गरेको छ।

बैंकका अनुसार, यस्ता कार्यक्रमहरूले वित्तीय ज्ञान, सीप र व्यवहारमा सकारात्मक सुधार ल्याउने विश्वास लिइएको छ।




भर्खरै