९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट

सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट
अ अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा फर्छ्यौट गरेको छ ।

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दा, रिट र निवेदन/प्रतिवेदनको सङ्ख्या २५ हजार ७२८ र गत आवमा नयाँ दर्ता भएका १५ हजार १३ गरी जम्मा मुद्दाको लगत ४० हजार ७४१ रहेको थियो । त्यसमध्येबाट ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट भएको सर्वोच्च अदालतले जनाएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार सर्वोच्च अदालतमा अघिल्लो वर्षको तुलनामा ६ दशमलव ६९ प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको हो । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आव २०८१/०८२ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ ।

उक्त प्रतिवेदन अनुसार उच्च अदालतमा अघिल्लो आवबाट जिम्मेवारी सरेका मुद्दा, रिट र निवेदन/प्रतिवेदनको सङ्ख्या २५ हजार २२५ थान र यस आवमा नयाँ दर्ता भएका ५८ हजार १८५ गरी मुद्दाको जम्मा लगत ८३ हजार ४१० कायम भएकामा ६१ हजार ४५४ मुद्दा अर्थात् ७३ दशमलव ६७ प्रतिशत फर्छ्यौट भएको छ । जुन गत वर्षको तुलनामा ८ दशमलव ८५ प्रतिशतले बढी मुद्दा फर्छ्यौट भएको हो ।

जिल्ला अदालतमा गत आवदेखि जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदन/प्रतिवेदनको सङ्ख्या एक लाख १० हजार २६ र यस आवमा नयाँ दर्ता भएका एक लाख ८५ हजार १५ गरी मुद्दाको जम्मा लगत दुई लाख ६८ हजार ४४ कायम भएकामा एक लाख ६६ हजार ४६७ मुद्दा अर्थात् ६२ दशमलव १० प्रतिशत फर्छ्यौट भएको प्रतिवेदनमा उल्लेख छ । जुन अघिल्लो वर्षको तुलनामा ८ दशमलव ९० प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको हो ।

प्रतिवेदनमा सर्वोच्च अदालतलगायत मातहत अदालत तथा न्यायाधीकरणमा अघिल्लो आवदेखि जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदन/प्रतिवेदनको सङ्ख्या एक लाख ६२ हजार ३४४ रहेको जनाइएको छ ।

गत आवमा नयाँ दर्ता भएका दुई लाख ३४ हजार २५३ गरी जम्मा मुद्दाको वार्षिक लगत तीन लाख ९६ हजार ५९३ कायम भएकामा दुई लाख ४७ हजार ३३ अर्थात् ६२ दशमलव २९ प्रतिशत मुद्दा फर्छ्यौट भई एक लाख ४९ हजार ५६० मुद्दा बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । रासस