• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   बुद्धजयन्ती मनाइयो ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक ★   महासङ्घ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह ★   मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना ★   पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज ★   साकेला उभौली: उल्लासमय बन्दै किराँत गाउँबस्ती ★   पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड

इँटा उद्योगमा दश करोडको क्षति



कञ्चनपुर । दुई दिनको वर्षाका कारण जिल्लाका इँटा उद्योगमा व्यापक क्षति पुगेको छ । गत शुक्रबार र शनिबारको वर्षाका कारण सुकाउनका लागि राखिएका कच्चा इँटामा क्षति पुगेको हो । महाकाली इँटा व्यवसायी सङ्घका अध्यक्ष बलदेव बुडालका अनुसार सुकाउनका लागि राखिएका करीब रु १० करोड बढीका कच्ची इँटामा क्षति पुगेको छ ।

“मौसममा आएको एकाएक परिवर्तनका कारण व्यवसायीले इँटा जोगाउन नसक्दा क्षति पुगेको छ”, उनले भने । कैलाली र कञ्चनपुरमा ७० बढी इँटा उद्योग सञ्चालनमा छन् । दुवै जिल्लामा गरी वर्षाले करीब रु १५ करोड बढीका इँटामा क्षति गरेको छ ।

प्रत्येक इँटा उद्योगमा रु १० लाखदेखि रु २० लाखसम्मको क्षति पुगेको इँटा व्यवसायीको भनाइ छ । व्यवसायीले काँचो इँटाको बिमा गर्ने व्यवस्था मिलाइदिनसमेत सरकारसँग माग गरेका छन् ।