२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई जिल्ला हेर्ने कार्यालयमा दुई कर्मचारी



अ+ अ-

वीरगञ्ज । नेपाल सरकारको अधिनमा रहेको सरकारी कार्यालयमा दुई जना कर्मचारी मात्र रहेको सुन्दा अचम्म लाग्न सक्छ, तर वीरगञ्ज महानगरपालिका वडा नं ५ मा यस्तै एउटा सरकारी कार्यालय रहेको छ । उक्त कार्यालयको क्षेत्राधिकार बारा र पर्सा गरी दुई जिल्ला रहे पनि कर्मचारीचाहिँ दुई जना मात्रै छन् ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय वीरगञ्जमा तीन कर्मचारीको दरबन्दी रहे पनि हाल दुई मात्र कर्मचारी रहेका छन् । एक वर्षअघि खुलेको सो कार्यालयमा कर्मचारी अभावका कारण काम गर्न समस्या हुने गरेको कार्यालय प्रमुख रत्नकान्त झाले दुखेसो पोख्नुभयो ।

खाद्य सुरक्षा तथा गुणस्तरलाई पोषणसँग जोड्न खोलिएको सो कार्यालयले बजारमा बिक्रीका लागि राखिने खाद्यवस्तुको नमूना सङ्कलन गरी जाँचका लागि जनकपुरधाम पठाए पनि लामो समयसम्म परिणाम नआउँदा काम प्रभावित हुने गरेको सो कार्यालयका प्राविधिक सहायक श्रवणकुमार साहले बताउनुभयो । सो कार्यालयमा प्रमुख र प्राविधिक सहायक गरी दुई मात्रै कर्मचारी छन् ।