२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटामा चराका प्रजाति बढ्दै



अ+ अ-

भीमदत्तनगर । विश्वमै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न सकिने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले यहाँ चराका प्रजातिको सङ्ख्या वृद्धि भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सन् २०१९ को हिउँद याममा चरा गणना सम्पन्न भएको थियो । प्रजातिको सङ्ख्या ४५० पुगेको छ ।”

सन् २०१२को गणनामा ४२४ प्रजातिका चरा रहेको थियो । नेपालमा पाइने चराको प्रजाति मध्ये करिब ५० प्रतिशत यहाँ पाइने बताइन्छ । सन् २०१३ देखि चराको प्रजातिको गणना हुँदै आएकोे छ । नेपालमा ८८७ प्रजातिका चरा रहेका वताइन्छ । विश्वमै दुर्लभ मानिने चराको प्रजाति यहाँ रहेका छन् ।

भुँडीफोर गरुड, राजधनेश, सुनैलो तोपचरा, खरमजुर, सानो खरमजुर, सुन गिद्ध, बगाले बगेडी, सिमतित्रा र सारसलगायतका २३ प्रजातिका विश्वमा दुर्लभ मानिएका चरा शुक्लाफाँटामा रहेका निकुञ्जले जनाएको छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटामा नेपालकै ठूलो घाँसे मैदान, १६ वटा पाटे बाघ, १७ वटा गैँडालगायत वन्यजन्तु यहाँका आकर्षण हुन् ।