९ असार २०८३, मंगलवार
,
Latest
११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामका आधारमा ठूला र साना हुँदैनन् : मुख्यमन्त्री शाही



अ+ अ-

कालीकोट। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भौतिक पूर्वाधारको काममा आफैँ खटिनुभएको छ । आफ्नो गृहजिल्ला कालीकोटको सदरमुकाम मान्ममा निर्माणाधीन चक्रपथमा आज उहाँले श्रमदान गर्नुभएको हो ।

श्रम संस्कृति बसाल्न श्रम दिवसको समेत शुरुआत गर्दै मुख्यमन्त्री शाहीले श्रमको सम्मान गर्न श्रम दिवस मनाउने कार्यको थालनी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कामका आधारमा ठूला र साना हुँदैनन् । सामन्तवादी संस्कृति अन्त्य गर्नुपर्छ । ”

प्रदेश समन्वय परिषद्बाट यहाँका ७९ वटै स्थानीय सरकारहरुलाई श्रम नीतिअनुसार कार्ययोजना बनाई काम गर्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले काम देखाउन मात्र नभई श्रम संस्कृतिको विकास गर्न सरकारले शुरु गरेको श्रम दिवस अभियान सफल बनाउनका लागि नागरिक तहदेखि प्रदेशका सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभयो । सो अवसरमा सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, कालीकोट खाँडाचक्र नगरपालिकाका प्रमुख जैसीप्रसाद पाण्डे, कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मी बस्नेत, सामाजिक विकास मन्त्रालयका सचिव डा।मानबहादुर विकलगायत नेपाली सेना, नेपाल प्रहरी र नागरिकहरुले श्रमदान गर्नुभएको थियो ।