• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

एलएलबी तहको प्रवेश परीक्षा स्थगित



काठमाडौं । राजधानीको प्रदर्शनिमार्गस्थित नेपाल ल क्याम्पसले एलएलबी तहको प्रवेश परीक्षा स्थगित गरेको छ। सोमबार क्याम्पसले सूचना जारी गर्दै पुस ५ गते (शनिबार) हुने भनिएको प्रवेश परीक्षा स्थगित गरेको हो।

डिन कार्यालयको निर्देशनअनुसार अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा स्थगित गरिएको क्यामपसले जनाएको छ।

गत मंसिर ९ गतेको सूचनाअनुसार क्याम्पसले गत वर्ष एलएलबी पहिलो वर्षमा विद्यार्थी संख्या अत्यधिक भएको भन्दै तीन सय विद्यार्थी मात्रै भर्ना लिने निर्णय लिएको थियो। क्याम्पसले कोटा निर्धारण गरेकोप्रति विद्यार्थीले चर्को विरोध गरेका थिए।

विद्यार्थीले विरोध गरेसँगै क्याम्पसले प्रवेश परीक्षा नै स्थगित गरेको छ। गत वर्ष नै ल क्याम्पसमा कोटा निर्धारण गरिए पनि लागू भएको थिएन। आठ सय जना विद्यार्थी भर्ना लिन प्रवेश परीक्षा लिए पनि विद्यार्थी संगठनहरूले उत्तरपुस्तिका नै च्यातिदिएपछि प्रवेश परीक्षाविनै भर्ना लिइएको थियो।