• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

पहिलोपटक उपसभामुखबाट सांसद विद्याले लिइन् शपथ



काठमाडौं । कास्की क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनियताको शपथ लिएकी छन् । मंगलवार उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले भट्टराईलाई शपथ गराएकी हुन् ।

पहिलोपटक सभामुख नभएका कारण उपसभामुखबाट सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ । शपथग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङलगायतको उपस्थिति थियो ।

भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । स्वर्गीय रविन्द्र अधिकारीको स्थानमा उनकै पत्नीलाई नेकपाले उम्मेदवार बनाएको थियो ।