२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार खेलाडी कहिले पाउने ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीका लागि घोषणा गरिएको पुरस्कार दिन खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गर्नु पर्ने भएको छ। गत बुधबार प्रधानमन्त्री ओलीले सागका पदकधारी खेलाडीलाई जनही पुरस्कार दिने घोषणा गरेका थिए।

प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार कार्यविधि भन्दा बढी भएकाले संशोधनबिना पुरस्कार दिन नमिल्ने भएको हो।

प्रधानमन्त्रीले सागमा स्वर्ण विजेताका लागि ९ लाख, रजतलाई ६ लाख, कास्यलाई ३ लाख र टिममा स्वर्ण जित्ने खेलाडीका लागि जनही ५ लाख दिने पनि प्रधामन्त्रीले घोषणा गरेका थिए। एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि एक स्वर्णको ११ लाख दिने प्रधानमन्त्रीको घोषणा थियो। टिममा रजत र कास्य जित्नेका लागि दिने पुरस्कार खुलाइएको थिएन।

गत साता सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी जम्मा २०६ पदक जितेको थियो।

यसअघि २०७२ असार २३ गते स्वीकृत भएको खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिमा सागका स्वर्ण विजेतालाई ५ लाख, रजत विजेतालाई ३ लाख र कास्य विजेतालाई २ लाख दिने व्यवस्था थियो। यस्तै टिममा स्वर्ण जित्ने खेलाडीलाई जनही २ लाख, रजतलाई जनही १ लाख ५० हजार र कास्यका लागि जनही १ लाख रुपैयाँ दिने कार्यविधिमा उल्लेख छ।

प्रधानमन्त्रीले सागका पदक विजेतालाई बढाएर पुरस्कार घोषणा गरेसँगै खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासहित राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीले बैठक बस्दै कार्यविधि संशोधन गर्ने प्रक्रिया अघि बढाएका छन्।