• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

जापानले विद्यालय पुनर्निर्माण गर्न नेपाललाई १० करोड दिने



काठमाडौं । जापान सरकारले सिन्धुपाल्चोकका विद्यालय पुनर्निर्माण गर्नका लागि आर्थिक सहायतास्वरूप थप १० करोड रुपैयाँ नेपाललाई दिने भएको छ। नेपालस्थित जापानी दूतावासका उपनियोग प्रमुख योजो योशिओकाले सहायता उपलब्ध गर्नेसम्बन्धी सम्झौतामा मङ्गालबार हस्ताक्षर गर्नुभएको हो।

जापानले दोस्रोचरणको विद्यालय पुनर्निर्माण कार्यक्रमअन्र्तगत थप ८ लाख ६० हजार ८ सय ८ अमेरिकी डलर (करिब ९ करोड ७० लाख ५२ हजार रुपैयाँ) दिने सहमति गरेको हो। चाइल्ड फण्ड जापानले उक्त सहयोग रकम स्थानीय एनजीओ ग्रामीण महिला सिर्जनशील परिवारसँगको सहकार्यमा सञ्चालन गरिने परियोजनामा खर्च गर्नेछ।

सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेपछि जापानी दूतावासका उपनियोग प्रमुख योशिओकाले सहायताले सिन्धुपाल्चोकका सार्वजनिक विद्यालयको स्तर वृद्धि गर्न सघाउने आशा व्यक्त गर्नुभयो। त्यसैगरी उनले यो परियोजनाले स्थानीय बासिन्दालाई विद्यालय पुनर्निर्माणका लागि थप आत्मविश्वास प्रदान गर्नुका साथै दुई देशबीचको नागरिक सम्बन्ध थप बलियो बनाउन सहयोग पुर्यातउने विश्वास व्यक्त गरे।