९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

चैत १३ गतेदेखि बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी

चैत १३ गतेदेखि बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी
अ अ+ अ-

बागमती। यही चैत १३ गतेदेखि हेटौँडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला, २०८२ आयोजना हुने भएको छ ।

मकवानपुर उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चैत १३ गतेदेखि १६ गतेसम्म आयोजना हुने जानकारी दिएको हो ।

बागमती प्रदेशका किसानको मनोबल अभिवृद्धि गर्नुका साथै युवा शक्तिलाई कृषितर्फ आकर्षित गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाटले बताउनुभयो ।

हेटौँडास्थित पल्पसा सदनमा आयोजना हुने मेलामा मकवानपुरसहित सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौँ र चितवनलगायतका जिल्लाका कृषक तथा कृषि उद्यमीहरूको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

कोदो, जुनेलो, फापरको पिठो, गेँडागुडी, मह, मसला, बाँसका सामग्री, केराका परिकार, अचार, धुप, गोबरबाट बनेको दियो, म्याट, मस्यौरा, क्यान्डी, आलु, गुन्द्रुक, जुनारको जुस, दाना, अण्डा, तेल, च्याउ, माछा, डेरी उत्पादनलगायतका सामानको प्रदर्शनीमा ४० वटा स्टल निःशुल्क उपलब्ध गराइने अध्यक्ष रानाभाटले बताउनुभयो ।

बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गर्न लागिएको मेलामा कृषि प्रविधिसम्बन्धी उपकरणसमेत प्रदर्शनीमा राखिने छन् ।