५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा सडक निर्माणमा अनियमितता, ८.४८ लाख हिनामिना आरोपमा मुद्दा दायर



अ+ अ-

काठमाडौ । बझाङ जिल्लाको बित्थडखिर गाउँपालिकामा सडक निर्माण कार्यमा गम्भीर अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

फागथला धारी–डोबा सडक निर्माण योजनाअन्तर्गत ठेक्का सम्झौताअनुसार काम सम्पन्न नभई पनि सम्पन्न भएको देखाएर भुक्तानी लिएको अनुसन्धानबाट खुलेको हो। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सब-इन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी तथा निर्माण व्यवसायी भुमिराज कन्स्ट्रक्शनका प्रोप्राइटर मानबहादुर बोहरासहितको मिलेमतोमा झुट्टा बिल तथा प्रतिवेदन तयार पारिएको आरोप छ।

अनुसन्धानका क्रममा नापी किताबमा ३३८ मिटर सिँचाइ क्यानल उल्लेख भए पनि फिल्डमा २४८ मिटर मात्र निर्माण भएको भेटिएको छ। साथै, ह्युम पाइप कल्भर्ट तथा अन्य संरचना सम्बन्धी मेशनरी काम समेत स्थलमै नभएको पाइएको छ।

यसरी वास्तविक कामभन्दा कम निर्माण गरेर बढी भुक्तानी लिइएको तथा रु. ८ लाख ४८ हजार ९६२.२२ बराबरको सरकारी रकम हिनामिना गरिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै आरोपपत्र दायर गरिएको हो।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2026/03/IpdRA8.pdf”]