४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
अ+ अ-

काठमाडौं ।  ‘जेन–जी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रि–चन्द्र बहुमुखी क्याम्पसको आयोजनामा मंगलवार क्याम्पस प्राङ्गणमा विरोध तथा खबरदारी कार्यक्रम गरिएको हो । ‘जेन–जी’ आन्दोलनको सत्यता जान्ने हाम्रो अधिकार भन्ने मुख्य नाराका साथ विद्यार्थीले प्रदर्शन गरेका छन् ।

आन्दोलनका क्रममा भएका घटनाहरू र त्यसको छानबिनका लागि गठित कार्की आयोगले तयार पारेको प्रतिवेदन सरकारले गुपचुप राखेको भन्दै विद्यार्थी आक्रोशित छन् । विद्यार्थीले यसलाई सूचनाको हक र लोकतान्त्रिक मूल्य मान्यताको विरुद्ध भएको बताएका छन् ।

प्रतिवेदन सार्वजनिक नभएसम्म आन्दोलनका कार्यक्रमहरू निरन्तर जारी रहने पनि बताइएको छ । यसअघि पनि विभिन्न विद्यार्थी संगठनहरूले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएका थिए । तर सरकारले यस विषयमा कुनै ठोस कदम चालेको छैन । –न्युज एजेन्सी नेपाल