४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

शीतल निवाससँग यसकारण रिसाइन प्रधानमन्त्री कार्की

शीतल निवाससँग यसकारण रिसाइन प्रधानमन्त्री कार्की
फाईल फोटो
अ+ अ-

काठमाडौँ । सिंहदरबारबाट बाहिरिने दिन जति नजिकिदै छ, प्रधानमन्त्री सुशीला कार्की र शीतल निवास बिचको दुरी पनि त्यति नै बढ्दै गएको छ । भदौ २७ गते सरकार गठन हुने समयमा राम्रो सम्बन्ध रहेको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री कार्की बिचको सम्बन्धमा पछिल्ला दिनमा प्रतिदिन दरार उत्पन्न भएको छ ।

प्रधानमन्त्री तथा राष्ट्रपति कार्यालयका सचिवालयले पछिल्ला दिनमा राष्ट्रपति र प्रधानमन्त्रीकाबीचको सम्बन्ध सुमधुर नभएको स्पष्ट गरेका छन् । विशेष गरेर सरकारका काममा शीतल निवासबाट हुने अनावश्यक चासो र झिना मसिना कामका लागि दिने दवाबका कारण प्रधानमन्त्री असन्तुष्ट भएको पाइएको छ ।

अझ सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्यालको नाम सिफारिस गरेर पठाएको अवस्थामा राष्ट्रपति पौडेलले सरकारको सो निर्णयलाई होल्ड गरेर राखेपछि त झन् विवाद सतहमै आएको छ । राष्ट्रपतिको यो कामप्रति प्रधानमन्त्री निकै नै क्रुद्ध भएको बाहिरै देखिएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार १ चैतको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य मनोनयन गर्ने एजेण्डा थियो । सो दिन बैठक बस्नु अघि र बसिरहेको समयमा राष्ट्रपतिको पारिवारीक सदस्य र सचिवालयका सदस्यले मन्त्रिपरिषद्का सदस्य र मुख्य सचिव सुमनराज अर्याललाई निरन्तर फोन गरेका थिए ।

सो पदमा राष्ट्रपतिले आफ्नी छोरीको नाम सिफारिश गरिदिन यसअघि नै राष्ट्रपतिले प्रधानन्त्रीलाई शीतल निवासमा बोलाएरै आग्रह गरेका थिए । तर त्यो समयमा प्रधानमन्त्रीले हुन्न पनि नभनेको र गर्छु भन्ने बचन पनि नदिएका कारण राष्ट्रपति कार्यालयबाट यस विषयमा फलो अप भइरहेको हो । राष्ट्रपतिले आफ्नी छोरी नभए तनहुँका अर्का एक व्यक्तिको नाम सरकारलाई पठाएको र सोही नाम सिफारिस गर्न शीतल निवासले प्रधानमन्त्री र उनको सचिवालय एवं मुख्य सचिवलाई पछाएको स्रोतले जनायो ।

तर सरकारले विज्ञ सदस्यका रुपमा गृहमन्त्री समेत रहेका गुल्मीका ओमप्रकाश अर्यालको नाम सिफारिस गरेपछि राष्ट्रपति पौडेल निकै क्रुद्ध भएको जनाइएको छ । उनले प्रस्ताव गरेको नाम सिफारिस भएको भए तत्काल मनोनयन गर्ने तयारीमा रहेको शीतल निवास आफुले भनेको नभएपछि सिहदरबारलाई शक्ति देखाउने मुडमा पुगेको स्रोतले जनायो ।

सरकारको निर्णय होल्ड भएपछि प्रधानमन्त्री कार्की स्वभाव अनुसार नै राष्ट्रपति पौडेलसँग कडा रुपमा प्रस्तुत भएको पनि बताइएको छ । राष्ट्रपति पौडेलले अध्ययन र छलफलका लागि भन्दै अर्यालको नियुक्ति सिफारिस विचाराधीन अवस्थामा राखेका छन् । शनिबार बालुवाटार पुगेका संविधानविद्हरूसँग पनि प्रधानमन्त्री कार्कीले राष्ट्रपतिको कार्यप्रति असन्तुष्टि जनाएकि थिइन् ।

वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, विपिन अधिकारी, पूर्णमान शाक्य, चन्द्रकान्त ज्ञवाली, रामनारायण बिडारीलगायत कानुन व्यवसायी निर्वाचन सफल भएकामा धन्यवाद दिन बालुवाटार पुगेका थिए । सो छलफलमा सरकारको सिफारिस राष्ट्रपतिले ‘होल्ड’ गरेकामा प्रधानमन्त्री कार्कीले असन्तुष्ट जनाएकि थिइन् । भेटमा सहभागी एक अधिवक्ताले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने ‘राष्ट्रपतिले रिक्त राष्ट्रिय सभा सदस्यका लागि मुख्यसचिवले टिप्पणी उठाएर ल्याउने अनि नामचाहिँ खाली राखेर पठाइदिनु, म नाम थपेर सिफारिस अनुमोदन गर्छु भन्नुभयो, त्यो नाम उहाँको छोरीको रहेछ ।

पछिल्ला दिन अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको छ । यसको पेसी चैत २५ गतेलाई तोकिएको छ ।

कसलाई सांसद बनाउने भन्ने कुरा नयाँ सरकारको अधिकारभित्र पर्ने भए पनि वर्तमान अन्तरिम सरकारले निर्णय गरेपछि आलोचना भएको कतिपयको तर्क छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार साँझ बालुवाटारमा भेट गरी यो सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको पनि स्पष्ट पार्नुभएको थियो ।

सभापति लामिछानेले भनेका थिए— सरकार भनेको सरकार नै हो । अन्तिम दिनसम्म यसले काम गर्न पाउँछ । यो सरकारले गरेका निर्णयमा हाम्रो कुनै आपत्ति छैन, लामिछानेले भएका थिए । अझ यो ऐतिहासिक अभिभारा पूरा गरेको सरकारका प्रति त हाम्रो उच्च सम्मान छ । त्यसैले यो सरकारका कदममा साथ दिन्छौँ र निर्णय पनि हामी शिरोपर गर्छौँ ।

स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रिय सभामा तीन जनालाई मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिबाट मनोनित गर्ने संवैधानिक प्रावधान छ । संघीय संसदमा माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्षको रहने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको एक तिहाइ सदस्यको गत माघ ११ गते निर्वाचन भएको थियो ।