९ असार २०८३, मंगलवार
,
Latest
११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्षमा पौडेल



अ+ अ-

कास्की । नेपाल फोटो पत्रकार सङ्घ कास्कीको छैटौं अधिवेशनले प्रदीप पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घका उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, सहसचिवमा रमेश पुन, कोषाध्यक्षमा सुरेशकुमार श्रेष्ठ तथा सदस्यमा अशेष शाक्य र सञ्जय शाक्य सर्वसम्मतरूपमा चयन हुनुभएको हो ।

जनआन्दोलन २०६२/६३ अप्ठ्यारो अवस्थामा सङ्गठनको आवश्यकता महसुस गरी गठन गरिएको सङ्घले आन्दोलनको वृत्तचित्र, फोटो प्रदर्शनीजस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ । सङ्घका गण्डकी प्रदेश अध्यक्ष राम गुरुङले अधिवेशनको उद्घाटन गर्दै फोटो पत्रकारिता पेशा चुनौतीपूर्ण भए पनि त्यसले समाजलाई पार्ने प्रभाव महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । सङ्घका अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साङ्गाठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।