९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ वर्षपछि कभर्डहल सञ्चालनमा



अ+ अ-

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटिकोरेमा बहुउद्देश्यीय कभर्डहल सञ्चालनमा आएको छ ।
रु एक करोड ६० लाख ३६ हजार ९२९ लागतमा करीब आठ वर्षमा सो हल निर्माण सम्पन्न भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले मङ्गलबार संयुक्त रुपमा हलको शुभारम्भ गर्नुभयो । हल ८१ फिट लम्बाइ, ५७ फिट चौडाइ र ३५ फिट उचाइको रहेको जनाइएको छ । विसं २०६८ मा निर्माण शुरुआतसंगै बजेट अभाव भएपछि अलपत्र बनेको हल निर्माण कार्य अगाडि बढाउन नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेको उपभोक्ता समितिका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभयो ।

हलमा प्रदेश नं १ अन्तर्गत नगरपालिकास्तरीय ब्याडमिन्टन प्रतियोगितासमेत शुरुआत भएको छ । जिल्लामा खेल क्षेत्रको विकास गर्न कभर्डहल अतिआवश्यक रहेकाले निर्माणमा सहयोग गरिएको नगरप्रमुख रिजालले बताउनुभयो । “कभर्डहल अभावमा यसअघिसम्म जिल्लामा एउटा पनि आन्तरिक खेलकूद गर्न सकिएको थिएन” उहाँले भन्नुभयो, “आगामी दिनमा फुटबल र क्रिकेटबाहेक सबै किसिमको खेल खेल्न मिल्नेगरी कभर्डहल निर्माण गरिएको हो ।”

हलमा भलिबल, बास्केटबल, ब्याटमिन्टन, टेबलटेनिस, कबड्डी, डण्डिबियो, सितोरियो कराते, तेक्वान्दोलगायतका खेलका प्रतियोगिता गर्न सकिने जनाइएको छ । हलमा आमसभा, गोष्ठी तथा बैठकसमेत गर्न मिल्नेगरी एक हजार बढी मानिस अट्ने क्षमता रहेको छ ।

सो हल पूर्वी पहाडी जिल्लाकै सबैभन्दा व्यवस्थित भएको दाबी गरिएको छ । तत्कालीन प्रहरी नायब उपरीक्षक ९हाल प्रहरी वरिष्ठ उपरीक्षक० टेकबहादुर तामाङको पहलमा जनश्रमदान र चन्दा सङ्कलनबाट निर्माण शुरुआत भएको थियो । करीब रु १२ लाख चन्दा सङ्कलन गरिएको थियो ।