१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वृद्धसहित दुई शव फेला



अ+ अ-

झापा। झापाको कमल गाउँपालिकामा आज एकै दिन एक वृद्धसहित दुई शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गापा–३ तोपगाछीस्थित २१ नम्बर सैनिक बाहिनीमा कार्यरत ३३ वर्षीया टिका आङ्देम्बे  र कमल गाउँपालिका–२ क्याम्पा निवासी ७२ वर्षीय लालबहादुर तामाङ स्याङ्बोको झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

मृतक आङ्देम्बेका श्रीमान अम्बर थापा पनि सोही सैनिक कार्यालयमा कार्यरत रहेको प्रहरीले जनाएको छ । दुवै शवको मुचुल्का उठाई  पोस्टमार्टमका लागि परिवारलाई जिम्मा दिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस