९ असार २०८३, मंगलवार
,
Latest
११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

साँघुरो सडक बन्यो डम्पिङसाइड



अ+ अ-

कास्की । पोखरा महानगरपालिका–५ र ८ जोड्ने जिरो किलोमिटरस्थित फिर्के खोला पुल क्षेत्रमा सडक साँघुरो छ । त्यो पनि डम्पिङसाइड बन्न थालेपछि स्थानीयवासी आक्रोसित बनेका छन् ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिको प्रधान कार्यालयबाट पश्चिम तर्फ ७२ मिटर सडक अति साँघुरो भएका कारण उक्त स्थानमा दुर्घटना बढिरहेको स्थानीयवासी मुक्तिनाथ सुवेदीले बताउनुभयो ।

साँघुरो बाटोका साथै सडकको उत्तर तर्फको केही खाली जग्गामा फोहर र मरेका जनावरसमेत फाल्ने गरेका कारण वातावरण दुर्गन्धित भई सास्ती भोगिरहनुपरेको उल्लेख गर्दै उहाँले यस विषयमा सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको बताउनुभयो ।

प्रदूषणका साथै साँघुरो सडकका कारण दुर्घटना बढेको भन्दै स्थानीयवासीले सडक फराकिलो बनाउन र बाँकी जग्गामा पार्किङको माग गरेपछि वडा नं ५ को कार्यालयबाट सडक डिभिजन कार्यालय पोखरामा पत्राचार गरिसकेको छ । तर पनि त्यसको हालसम्म सुनुवाइ हुन नसकेको स्थानीयवासीको गुनासो छ ।