५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा

यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा
अ+ अ-

काठमाडाैँ । काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले मतादातासँगको ‘भेटघाट–धन्यवाद’ कार्यक्रमलाई हाल अन्तिम चरणमा पुर्‍याएका छन् । उनीहरूले मतदातालाई धन्यवाद मात्रै दिएका छैनन्, नागरिकका समस्या, गुनासा र सुझाव पनि सङ्कलन गरिरहेको पाइन्छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जिल्लाको १ नं क्षेत्रमा रास्वपा मधुकुमार चौलागाईं र क्षेत्र नं २ मा बदन भण्डारीले फराकिलो मतान्तरले विजयी भएका थिए । आ–आफ्ना क्षेत्रका नागरिकले अत्यधिक मतले विजयी गराएपछि यतिबेला दुवै सांसद आफ्ना मतदातासँग भेटघाट गर्दै धन्यवाद ज्ञापन गरिरहेका हुन् । “जहाँ पुग्छु, त्यहाँ नागरिकको ठूलो अपेक्षा रहेको पाएँ”, १ नं क्षेत्रका सांसद चौलागाईंले भने ।

मतदाताहरूले नयाँ–पुराना समस्या खुलेरै आफूसँग राखेको उनको भनाइ छ । “म पनि नागरिकको समस्या, गुनासा र सुझावबमोजिम कामका योजना बनाइरहेको छु,” उनले भने । चौलागाईंले २९ हजार ६१८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गुणराज मुक्तान १० हजार ४५२ मतान्तरले पराजित हुनुभएको हो । भौगोलिक रूपमा अधिकांश क्षेत्र विकटका रूपमा रहेकाले पनि नागरिकको समस्या खानेपानी र सडकको रहेको पाएको चौलागाईं बताउँछन्।

उनी भन्छन्, “काभ्रेली जनताको सुशासन र समृद्धिको चाहनाको प्रतिफलका रूपमा लिएको छु, नागरिकका लागि मैले निकै मेहेनत गर्नुपर्ने देखिन्छ ।” उनले भेटघाटका क्रममा अबको समय नागरिकको सेवक बनेर विकास निर्माणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । चौँरीदेउराली गाउँपालिका–५ निवासी उहाँ पेसाले अधिवक्ता थिए। यसैगरी, क्षेत्र नं २ का सांसद भण्डारीले आफ्नो क्षेत्रका सबैजसो स्थानीय तहका गाउँ–टोलका मतदातासँग भेटघाटलाई करिब अन्त्यमा पुर्‍याएको बताउँछन् ।

उनले पनि जहाँ पुग्दा स्थानीय नागरिकले आफूसँग ठूलो अपेक्षा राखेको बताए। “मलाई किसानको समस्या धेरै आएको छ, ती समस्या समाधान गर्न योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने देख्छु”, उनले भने । किसानले समयमा रासायनिक मल नपाएको तथा पाए पनि अपर्याप्त, सिँचाइको समस्या, उत्पादित तरकारीले बजार नपाउँदा निकै दुःख झुल्नुपरेको, दूधले समेत उचित मूल्य नपाउँदा मेहेनत र लागत दुबै जोखिममा परेको गुनासो आफूले पाएको भण्डारीले बताए।

क्षेत्र नं १ को तुलनामा क्षेत्र नं २ मा खेतीयोग्य जमिन धेरै छ । यसकारण पनि किसानका समस्या हुनुमा स्वाभाविक देख्छन्, भण्डारी । उनी भन्छन्, “तर पाइएका समस्या धेरै वर्षदेखिका देखिन्छन्, किसानका समस्या प्राथमिकतामा पार्नुपर्ने देखिन्छ ।” सबैजसो किसान मतदाताको उस्तै समस्या–गुनासा सुनेपछि उनले बहुसङ्ख्यक किसानका समस्यामा आफू पनि चिन्तित रहेको बताए। सांसद भण्डारीले आफ्नो क्षेत्रमा कृषि र पर्यटनको राम्रो सम्भावनाका देखिएकाले यसबाट समग्र जिल्लाले नै राम्रो फाइदा लिनसक्ने अवस्था रहे पनि त्यसको सदुपयोग गर्न नसकेको पाइएकाले आफूले सक्दो पहल गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन्। “सडक, खानेपानी, स्वास्थ्य र शिक्षाका समस्यालाई प्राथमिकता दिएर अघि बढ्नेछु,” उनले भने ।

उनले ५३ हजार ३४४ मत ल्याएर निर्वाचित भएका थिए । उक्त क्षेत्रमा प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत प्राप्त गरेका थिए। भुम्लु गाउँपालिका–२ सिम्थली निवासी भण्डारी डेढ दशकदेखि राजनीतिमा सक्रिय थिए। ३३ वर्षका युवा भण्डारीको कार्यशैली र विकासको गतिलाई हेर्न आतुर रहेको मतदाता बताउँछन् ।