५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

म्याग्दिकाे बेनी नगरपालिका मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दिकाे बेनी नगरपालिका मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
अ+ अ-

काठमाडाैँ । म्याग्दिकाे बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हँुदै वडा नम्बर ३ को दूधेखोला जोड्ने सडक मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीमार्फत सञ्चालित हाँडेभिर–बगरफाँट–भकिम्ली सडकको बगरफाँट–कोप्रे–दूधेखोला खण्डलाई फरालिलो, घुम्ती तथा मोड, ग्रेड सुधार, नाली र टेवा पर्खाल निर्माण गरेर स्तरोन्नति गरिएको हो ।

विसं २०६४ मा कृषि सडकका रूपमा बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्याक’ मार्ग खुलेको थियो । हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडकको मङ्गलाघाट पारीको भीर बाहेकको क्षेत्रमा दुई वर्षअघि नै कालोपत्र भइसकेको छ । बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली, पर्खाल र ग्राभेल भएपछि स्थानीयवासीलाई सुविधा पुगेको बेनी नगरपालिका–२ बगरफाँटका चन्द्रबहादुर घिमिरेले बताए।

“साँघुरो, खाल्डाखुल्डी भएको सडकमा वर्खामा पानी र हिलो जमेर आवतजावतमा असहज भएको थियो”, उनले भने, “सडक स्तरोन्नति भएपछि २० मिनेटको यात्राअवधी पाँच मिनेटमा छोटिएको छ ।” आयोजनाको हल्लेगौडा क्षेत्रमा ३९० मिटर ढलान, नाली सफा, भत्किएको ठाउँमा मर्मत सुधारबाहेक ८० प्रतिशत काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि नीरज भण्डारीले बताए।

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाको रूपमा छनोट भएको यस योजना निर्माणका लागि विसं २०८१ जेठ महिनामा पूर्वाधार विकास कार्यालयले रु पाँच करोड ५९ लाखमा सडक स्तरोन्नतिको लागि माछापुच्छ्रे« हिमालयन जेभीसँग ठेक्का सम्झौता गरेको थियो । यस सडक स्तरोन्नतिका लागि १० करोड लागत अनुमान गरी ठेक्का प्रतिस्पर्धामार्फत योजनालाई कार्यान्वयन गराइएको हो ।

यो योजनाबाट बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेल भएपछि आवतजावत सहज, यात्रा अवधि छोटिएको कोप्रेका बासिन्दा ओमबहादुर घर्तीमगरले बताए। दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा ३९० मिटर सडक ढलान गर्न बाँकी छ । यही चैत महिनासम्म ठेक्काको म्याद रहे पनि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगरेका कारण काम गर्न समस्या भएको निर्माण व्यवसायी भण्डारीले बताए। बागलुङको ताराखोला र काठेखोला गाउँपालिका जोडिने यो सडक बेनी नगरपालिकाको २, ३, ४ र मङ्गला गाउँपालिकाको ३ र ४ का बासिन्दाले सदरमुकाम बेनी आउन जान प्रयोग गर्छन् ।