४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हाइब्रिड मोटरसाइकल सार्वजनिक

हाइब्रिड मोटरसाइकल सार्वजनिक
अ+ अ-

काठमाडौँ: काठमाडौंमा यामाहाले नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक गर्दै मोटरसाइकल उद्योगमा नयाँ युगको सुरुवात गरेको छ। राजधानीको कमलादीस्थित स्काइ टावरमा आयोजित भव्य कार्यक्रममा कम्पनीले अत्याधुनिक हाइब्रिड प्रविधियुक्त नयाँ बाइक अनावरण गरेको हो।

कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो, जसमा इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर, सञ्चारकर्मी, व्यवसायिक साझेदार तथा राइडिङ समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा यामाहा परिवारका उच्च पदाधिकारीहरू सहित विभिन्न चर्चित व्यक्तित्वहरूको उपस्थिति थियो।

नयाँ मोटरसाइकल एफजेड सिरिजमा आधारित हाइब्रिड मोडेल हो, जसमा १४९ सीसी फ्युल-इन्जेक्टेड इन्जिन र स्मार्ट मोटर असिस्ट प्रविधिको संयोजन गरिएको छ। यसले उच्च एक्सेलेरेशन, सहज स्टार्ट–स्टप प्रणाली, कम इन्धन खपत र न्यून उत्सर्जन जस्ता विशेषता प्रदान गर्छ।

विशेषगरी सहरी यातायातलाई लक्षित गरी डिजाइन गरिएको यो बाइकले ६० किलोमिटर प्रतिलिटरभन्दा बढी माइलेज दिने दाबी गरिएको छ। बढ्दो इन्धन मूल्य र ट्राफिक समस्यालाई ध्यानमा राख्दै हाइब्रिड प्रविधिलाई दीर्घकालीन समाधानका रूपमा प्रस्तुत गरिएको छ।

यसका साथै बाइकमा सिंगल-च्यानल एबीएस, रियर डिस्क ब्रेक, रेडियल टायर, एलईडी लाइट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र E20 फ्युल अड्याप्टिबिलिटी जस्ता आधुनिक सुविधाहरू समावेश छन्।

कार्यक्रममा कम्पनीले अनुप विक्रम शाहीलाई ब्रान्ड एम्बेसडर घोषणा गर्दै आफ्नो ब्रान्ड छविलाई अझ मजबुत बनाएको जनाएको छ।

यामाहाको देशव्यापी सेवा सञ्जालले ग्राहकलाई सहज सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ। कम्पनीका प्रतिनिधिहरूले यो कदम नेपालमा दिगो, स्मार्ट र आधुनिक यातायात प्रणालीतर्फको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

यस सार्वजनिकसँगै यामाहाले नेपालमा हाइब्रिड मोटरसाइकलको नयाँ सेग्मेन्ट स्थापना गर्दै मोटरसाइकलिङको भविष्यतर्फ महत्वपूर्ण पाइला चालेको छ।