९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पोखरा महानगरः शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो

पोखरा महानगरः शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो
अ अ+ अ-

काठमाडौँ। पोखरा महानगरपालिकामा शिक्षाको गुणस्तर सुधारका लागि चालिएका कदमहरूले सकारात्मक नतिजा दिन थालेका छन् ।

मेयर धनराज आचार्यकाअनुसार पछिल्लो समय सामुदायिक (सरकारी) विद्यालयहरूमा ८ हजारभन्दा बढी विद्यार्थी थपिएका छन्। कतिपय सरकारी विद्यालयहरूमा त अहिले भर्ना पाउनै मुस्किल हुने अवस्था सिर्जना भएको छ । जहाँ २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

महानगरले शिक्षा क्षेत्रमा ५५ वटा विभिन्न बुँदाहरूमा सुधारका कामहरू अघि बढाएको छ । यसले गर्दा सरकारी विद्यालयहरू र शिक्षकहरूमा नयाँ आत्मविश्वास पलाएको मेयर आचार्यले बताउनु भयो । यसैगरी विकासको बजेटलाई तल्लो तहसम्म पुर्याउन मेयर आचार्यले बजेटको व्यापक विकेन्द्रीकरण गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ शिक्षाको कुरा गर्ने हो भने हामी आईसकेपछि सरकारी विद्यालयमा ८ हजार विद्यार्थी प्लस भएका छन् । हाम्रा थुप्रै सरकारी विद्यालयहरुमा भर्ना गर्न पाइँदैन । २ हजारभन्दा बढी विद्यार्थी भएका थुप्रै विद्यालयहरु छन् ।

एजुकेशनमा पनि हामीले ५५ वटा विभिन्न बुँदाहरुमा सुधार गरेका छौँ । जसका कारणले गर्दा हाम्रा विद्यालयहरु पनि कन्फिडेन्ट हुँदैछन् । भइरहेका छन् ।

यी त हाम्रा बजेटले गर्ने कुराहरु भए । हिजो अघिल्लो कार्यकालसम्म माथिले दिएन भन्ने थियो । हामी आएपछि मैले पहिलो बैठकबाटै अघिल्लो कार्यकालमा अध्यक्षहरुले पाँच वर्षमा पाएको बजेट मेरो कार्यकालका वडा अध्यक्षहरुलेपहिलो वर्षमा नै पाएका छन् । एउटा अध्यक्षले २५ वर्षमा पाउने बजेट एकै वर्षमा हामीलेवडामा पठाएका छौँ । वडा स्तरका तलतलसम्मका सबै काम बनेका छन् । वडा बनेपछि महानगर आफैँ भन्ने हो नि । अनि वडा र वडाध्यक्ष सफलहुने, महानगर असफल हुने हो र । होइन नि ।’

उहाँकाअनुसार अघिल्लो कार्यकालमा वडा अध्यक्षहरूले ५ वर्षमा पाएको जति बजेट अहिलेका वडा अध्यक्षहरूले पहिलो वर्षमै पाएका छन् । एउटा वडा अध्यक्षले २५ वर्षमा पाउने जति बजेट एकै वर्षमा वडामा पठाएर वडा तहका साना–ठूला सबै कामहरूलाई तिब्रता दिइएको छ । वडा बलियो र सफल भए मात्र महानगर सफल हुने मेयर आचार्यको भनाइ छ । —न्युज एजेन्सी नेपाल