९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

इरानलाई ट्रम्पको अन्तिम चेतावनीः ४८ घण्टाभित्र हर्मुज जलसन्धि नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौं

इरानलाई ट्रम्पको अन्तिम चेतावनीः ४८ घण्टाभित्र हर्मुज जलसन्धि नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौं
डोनाल्ड ट्रम्प
अ अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड इरानलाई सीधा सैन्य कारबाहीको चेतावनी दिँदै ४८ घण्टाको समयसीमा (अल्टिमेटम) दिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत इरानले विश्वव्यापी इन्धन आपूर्तिका लागि महत्वपूर्ण मानिने हर्मुज जलसन्धिमा लगाएको अवरोध नहटाए इरानका विद्युत उत्पादन केन्द्रहरू (पावर प्लान्ट) ध्वस्त पारिदिने घोषणा गर्नुभएको हो ।

फेब्रुअरी २८ देखि शुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण इरानले हर्मुज जलसन्धिमा अवरोध सिर्जना गरेको छ ।

विश्वको झन्डै २० प्रतिशत तेल र ग्यास यही मार्ग भएर आपूर्ति हुने गर्दछ । ट्रम्पको धम्की लगत्तै इरानको सेनाले पनि कडा प्रतिवाद गरेको छ ।

इरानी सेनाका प्रवक्ताले यदि अमेरिकाले पावर प्लान्टमा आक्रमण गरेमा इरानले हर्मुज जलसन्धिलाई ‘स्थायी रूपमा’ बन्द गरिदिने र क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार इलाका तथा ऊर्जा पूर्वाधारहरूलाई निशाना बनाउने चेतावनी दिएका छन् ।

हर्मुज जलसन्धि बन्द भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ । ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ११२ डलर पुगेको छ भने अमेरिकामा पेट्रोलको मूल्य चार वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ ।

इरानको सबैभन्दा ठूलो पावर प्लान्ट ‘बुशेर आणविक ऊर्जा केन्द्र’ लाई ट्रम्पले निशाना बनाउन सक्ने अनुमान गरिएको छ । यद्यपि, मानव अधिकारवादी संस्थाहरूले नागरिक पूर्वाधारमा गरिने यस्तो आक्रमणले सर्वसाधारणमा ठूलो मानवीय संकट निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले हालै दक्षिण इजरायलमा गरेको मिसाइल आक्रमणको बदला लिने बताउनुभएको छ । उक्त आक्रमणमा १०० भन्दा बढी मानिस घाइते भएका थिए । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल